विश्व

भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार नाग्यो



एजेन्सी, ११ साउन । भारतमा शनिबार ४८ हजार ९१६ संक्रमित कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ४९ हजार ३१० कोरोना संक्रमित थपिएका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ ।

मृत्यु हुनेको संख्या ३१ हजार ३५८ पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा तेस्रो स्थानमा रहेको छ ।