समाचार

काठमाडौँबाट लुडो र तास खेल्ने १५ जना पक्राउ



काठमाडौँ, ११ साउन ।  काठमाडौँका दुई स्थानबाट २ लाख ६ हजार ४ सय ५० रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्ती बस्‍ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जनालाई १ लाख १९ हजार ४ सय रुपैयाँ प्रहरीले पक्राउ गरेको हो ।

यस्तै महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १४, सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हार-जित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउनेसमेत गरी सातजनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ८७ हजार ५० रुपैयाँ बरामद भएको छ ।