बीरगञ्ज, १२ साउन । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ स्वास्थ्यकर्मी सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज स्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध, ८ स्वास्थ्यकर्मी सहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षिय कर्मचारी, गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षिय कर्मचारी, एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी त्यस्तैगरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिन रहेका २३ तथा २८ वर्षिय महिला स्वास्थ्यकर्मी र ३७,४२,४५ वर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।
अन्य नयाँ फेला परेका संक्रमितहरुमा वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिका त्यस्तैगरी वीरगञ्ज–१४ का ३० वर्षीय, गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुष रहेका छन् ।
यस्तै वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुष त्यस्तैगरी पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा रहेका पाँच जना स्वास्थ्यकर्मी , पर्सागढी–३ का ३५ वर्षीयसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लामा यसअघि २ सय ४२ जना संक्रमति फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको छ ।
वीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डक आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत र अधिकांशमा कोरोना संक्रमणका लक्षण समेत रहेको अस्पतालले जनाएको छ । ४ जना आइसीयुमा छन् । आइसोलेसन नहुँदा २८ जना संक्रमित घरमै रहेका थिए भने आईतबार पुष्टि भएका १८ जना पनि आईसोलेसनमा ल्याई सकिएको छैन ।
सिद्धार्थ माबिमा रहेको प्रि आईसोलेश मा लक्षण नदेखिएका संक्रमित राख्ने गरी तयारी गरिएको र आज साझसम्म सबै संक्रमितहरुलाई सिद्धार्थ माबि र गण्डक स्थित कोभिड अस्पतालमा राखेर उपचार सुरु गर्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्