Banner News

थप १३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ७ सय नाग्यो



काठमाडौँ, १२ साउन । थप १३९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १३९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ६२६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १३ हजार ७ सय ५४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ ।