समाचार

मनसुन पुन: सक्रिय, भिरालो जमिन र तटीय क्षेत्रमा सतर्क रहन आग्रह



काठमाडौँ, १३ साउन । रातिदेखि नै मनसुन सक्रिय भएकाले देशका धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वका धेरै ठाउँमा पानी परेको छ । यस्तै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा पनि पानी परेको छ । अरु प्रदेशका पनि विभिन्न ठाउँमा पानी परेको छ ।

राति पानी नपरेका ठाउँमा पनि अब बिस्तारै पानी पर्न थाल्ने र मनसुनकै प्रभावले आज बेलुकी र भोलि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

पानी धेरै पर्ने भएकाले यसअघि पहिरो गएका ठाउँ, भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दा सतर्क रहन महाशाखाले आग्रह समेत गरेको छ ।