विश्व

भारतमा पछिल्लो २४ घण्टामा ६ सय बढीको मृत्यु



एजेन्सी, १३ साउन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ ।

वल्डाे मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ सय २७ जनाकाे मृत्यु भएकाे छ ।  ब्राजिलमा ६ सय २७, अमेरिकामा पाँच सय ७०, मेक्सिकोमा तीन सय ६, दक्षिण अफ्रिकामा दुई सय ९८, इरानमा दुई सय १२, कोलम्बियामा दुई सय ५२, अर्जेन्टिनामा एक सय २० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ४८४ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या १४ लाख ८२ हजार ५०३ पुगेकाे छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३३ हजार ४ सय ४८ पुगेकाे छ ।

अहिले भातरमा ४ लाख ९५ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ९ लाख ५३ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।