Banner News

थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाग्यो



काठमाडौँ, १३ साउन । थप ३११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३११ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १२१ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।