काठमाडौँ, १४ साउन । भारतीय पक्षले कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको भन्दै दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ ।
पत्रमा लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने स्पष्ट पारेको छ । भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको समेत उल्लेख गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्