काठमाडौँ, १४ साउन । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ ।
पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमा असई १, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया जारी राखेको छ । यस्तै अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
संक्रमितको सम्र्पकमा आएका सबैलाई क्वारेन्टिमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्