काठमाडौँ, १४ साउन । थप २१० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १९ हजा २ सय ७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै डोटीमा डोटी ५२ जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ३४, स्याङजाका २६,
काठमाडौं र महोत्तरी १४/१४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८/८ जना तथा बाग्लुङ र धादिङका ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २/२ जना तथा सुनसरी, भक्तपुर, सर्लाही रौतहट, तनहुँ र सुर्खेतका १ /१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज १४६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार २१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्