एजेन्सी, १५ साउन । विश्वमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ ।
विश्वभर एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७६८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ५२३ जनाको मृत्यु भएको छ । २८ लाख ३२ हजार ७८५ जना संक्रमित भएकोमा १७ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १३ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५३ लाख ४२ हजार ९८० पुगेको छ । त्यसमध्ये २७ लाख २७ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ९४ हजार २४ जनाको मृत्यु भएको छ । ४१ लाख २७ हजार ८५ जना संक्रमित भएकोमा २९ लाख ९७ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३९ हजार ४८४ जनाको मृत्यु भएको छ । ३९ लाख ४५ हजार ६ जना संक्रमित भएकोमा २६ लाख ८८ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १८ हजार ९०० जनाको ज्यान गएको छ भने ८ लाख ९४ हजार ३५३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ४३ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।
अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १९९ जनाको मृत्यु भएको छ । १७ हजार ३१३ जना संक्रमित भएकोमा ११ हजार ५६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १९ हजा २ सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या १४ हजार २१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्