कालिकोट, १५ साउन । कालिकोटको महावै गाउँपालिका ७ कोटवाडामा पहिरोमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।
कालिकोटका प्रहरीका अनुसार पहिरोका कारण ४ जना सामान्य घाइते भएका छन् । स्थानीय तुल महताराको घर नजिकै ६ जना बालबालिका खेलिरहेको बेला ठूलो ढुङगा सहितको पहिरो खस्दा १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारीको मृत्यु भएको हो ।
घाइते बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्