काठमाडौँ, १६ साउन । सरकारले काठमाडौँ उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको छ ।
गृह मन्त्रालयले सूचना निकालेर बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म १२ घण्टा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ । उपत्यका भित्रिएका धेरै नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएपछि सरकारले गए रातिदेखि नै लागू हुने गरी उपत्यका भित्रने सबै नाकामा राति आवागमनमा पूर्णरुपमा रोक लगाएको हो ।











प्रतिक्रिया दिनुहोस्