समाचार

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु



चितवन, १६ साउन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत प्रहरी हवल्दार अर्जुनकुमार थापाको पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी मृत्यु भएको हो ।

थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।