Banner News

सभामुख सापकोटासहित सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट ‘नेगेटिभ’



काठमाडौँ, १८ साउन । सभामुख अग्निप्रसाद सापकोटासहित उहाँको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाब लिइएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार सभामुख सापकोटा सहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । ‘हिज राती अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।’ न्यौपानेले भन्नुभएकाे छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि शुक्रबार सभामुख सापकोटासहित उहाँको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो ।