काठमाडौँ, १८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा ‘बग्गीखाना’मा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ ।
गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी काेराेना संक्रमण पुष्टि भएकाे थियाे । अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालका अनुसार अहिले ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको र क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।
पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्