file photo
काठमाडौँ, १९ साउन । सिन्धुपाल्चोको मेलम्ची बजारमा पहिरोले पुरिएर आठ जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरिदा बेपत्ता भएका छन ।
मेलम्ची नगरपालिकामा आइतबार मध्यरातमा गएको पहिरोमा परेर ९ जना मजदुर हराएका थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । आठजनाको खोजी भइरहेको छ।
अहिले उद्दार जारी रहेको उनको भनाइ छ । यस बारे थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्