सुनसरी, १९ साउन । सुनसरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार इनरुवा नगरपालिका-४ स्थित सडकमा को.१ च ८३०१ नम्बरको जिपले को.२८ प ४२७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा धरान उपमहानगरपालिका बस्ने ४० वर्षीय दीपक मगरको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिन जिपका चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्