एजेन्सी, १९ साउन । भारतमा कोरोनाबाट निको हुनेको संख्या ११ लाख ८७ हजार २२८ पुगेको छ ।
सोमबार विहानसम्म थप ५२ हजार ७८३ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ४ हजार ७०२ पुगेको छ ।
भारतमा चार दिनमा मात्रै १ लाख ९ हजारभन्दा बढी संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छन् । ५ लाख ७९ हजार ३१३ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार १६१ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्