Banner News

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।

धानमन्त्री ओलील जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् । स्रोतका अनुसार कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन । भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।

 आजको छलफलमा अध्यक्षद्वयसँग बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए ।