बाँके, १९ साउन । बाँकेमा एक वडा अध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणको क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका १ का वडा अध्यक्षसहित कार्यालयको प्रशासन शाखामा कार्यरत एक कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।
संक्रमितहरुलाई अहिले आसोलेशनमा राखेर उपचारगरिदै छ । १९५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा ९ जनाको कोरोना पोजेटिभ आएको हो ।
यसैगरी कोशी अस्पतालमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जना साथै विराटनगर महानगरपलिकाका वडा नं. ७ र ६ मा संक्रमितहरु फेला परेका छन् ।










प्रतिक्रिया दिनुहोस्