विश्व

अमेरिकामा कोरोना संक्रमितको संख्या साढे ४८ लाख नाग्यो



एजेन्सी, २० साउन । अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार ५५२ जनामा कोरोना संक्रमण भएसगै संक्रमित संख्या ४८ लाख ६० हजार ५८० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म २४ लाख ४४ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५३४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ८९९ पुगेको छ ।

उपचार गराइरहेका २२ लाख ५७ हजार ४०६ जनामध्ये १८ हजार ७२६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।