अर्थ

बढ्यो सुनको मूल्य: नयाँ रेकर्ड कायम



काठमाडौँ, २० साउन । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो । यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।