एजेन्सी, २१ साउन । विश्वमा कोरोना भाइरस संक्रमित संख्या अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जना पुगेको छ ।
बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ ।
अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये ६५ हजार ४३६ जनाको अवस्था गम्भीर छ ।
१ करोड १९ लाख ७ हजार ३०९ जना उपचारपछि निको भएका छन् । अमेरिकामा कूल संक्रमित ४९ लाख १८ हजार ६४ पुगेको छ । १ लाख ६० हजार २७२ जनाले ज्यान गुमाएका छन् ।
२४ घण्टामा मात्रै १ हजार ३४४ जनाको मृत्यु भएको छ । २२ लाख ७६ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये १८ हजार ४०७ जनाको अवस्था गम्भीर छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १५ हजार २६ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्