Banner News

पूर्ण नभई आशिंक क्षेत्र मात्रै लकडाउन गर्ने पक्षमा सरकार !



काठमाडौँ, २१ साउन । सरकारले कोरोना महामारी नियन्त्रणका लागि पूर्ण नभई आशिंक लकडाउन गर्ने संकेत गरेको छ ।

पूर्ण लकडाउन गर्दा देशकै आर्थिक अवस्था पनि डामाडोल हुने तथा संक्रमण नभएको क्षेत्रसमेत प्रभावित हुने निष्कर्षमा पुगेको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलका नेतासहित विज्ञसँगको छलफलमा पनि यहि विषयमा कुराकानी भएको थियो । विज्ञहरुले पनि अवस्था हेरेर आशिंक लकडाउन गर्न सुझाव दिएका छन् । बढि संक्रमित भएको क्षेत्रमा २१ दिनसम्म लकडाउन गर्न सकिने उनीहरुले बताएका छन् । तर, जनस्वास्थ्यको मापदण्डमा निक्कै कडाई गर्न सुझाव दिए ।

सोही सुझावलाई मनन गर्दै सरकारले आउँदो मन्त्रिपरिषद् बैठकबाट जनस्वास्थ्यका मापदण्डलाई थप कडाईका साथ देशभरी नै लागु गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि अर्थतन्त्रलाई चलायमान बनाउन फेरि लकडाउन गर्ने सम्भावना नहरेको जानकारी दिए  ।

उनका अनुसार यातायात, शैक्षिक संस्था र भीडभाड हुने क्षेत्र तत्काल खुल्ने सम्भावना नरहेको बताए । जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितका अनुसार ‘सबैतिर लकडाउन होइन की जहाँ बढि संक्रमण छ त्यहा खुकुलो गरेको लकडाउनलाई अझै व्यवस्थित गरौं । चार कदम अगाडी गएर दश कदम पछाडी आउने होइन्’, ‘नभएको ठाँउमा चाहिने भन्दा बढि लकडाउन पनि गर्न नखौजौं । त्यसले मानिसहरुलाई स्वास्थ्य र आर्थिक समस्याले पिरोल्न सक्छ ।’