समाचार

ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु



चितवन, २१ साउन । चितवनको माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी ६ वर्षीया छोरी खुसुबु रहेकी छन् । ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो । रासस