राजनीति

पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद्ः मुख्यमन्त्री पोखरेल



काठमाडौँ, २२ साउन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई पत्रकार भेटघाटमा पुग्नु दुःखद् भएको बताउनुभएको छ ।

नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठलगायतले आफु निकट पत्रकारहरुलाई काठमाडौँको प्रसिडेन्टल कलेजमा गुटको भेला राखी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष विरुद्ध मोर्चामन्दी गरेर इरिटेड हुने गरी समाचार संम्प्रेषण गर्न निर्देशन दिनुभएको थियो । ४ नेताहरुले प्रधानमन्त्री ओलीसहित उहाँलाई साथ दिने मन्त्री र स्थायी कमिटीका नेताहरुबिरुद्ध अव फाइट टु फिनिस’ का रुपमा मिडियाबाट प्रहार गर्न निर्देशन दिनुभएको छ ।

सोही क्रियाकलापलाई लक्षीत गर्दै स्थायी कमिटीका सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले पार्टीको विवादलाई आफ्नो गुटको पत्रकारलाई निर्देशन दिनुले कसैलाई पनि फाईदा नपुग्ने तर्फ सचेत गराउनुभयो । उहाँले पार्टी एकतालाई रक्षा गर्न वार्ता र छलफलको कुनै विकल्प नभएको उल्लेख समेत गर्नुभयो ।

सामाजिक सञ्जालमा उहाँले आफ्नो धारणा राख्दै भन्नुभएको छ, ‘पार्टी भित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद हो । पार्टी एकताको रक्षागर्न नेताहरु पुनः सम्वाद र सहमतीमा फर्कनुको विकल्प छैन ।’