विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्याे



एजेन्सी, २२ साउन । भारतमा कोरोना भाइरसबाट ४० हजार ७ सय २७ पुगेकाे छ । बुधबार मात्रै त्यहाँ ९ सय १९ जनाकाे मृत्यु भएकाे छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ६५ हजार ६ सय २६ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १९ लाख ६३ नाघेको छ । अहिले भातरमा ५ लाख ९५ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १३ लाख २७ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।