काठमाडौँ, २३ साउन । आज देशभर मौसममा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान आंशिक देखि सामान्य बदली रहेको छ । आज राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्