काठमाडौँ, २४ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ७ लाख २२ हजार ९५९ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ९५ लाख २४ हजार ६६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये १ करोड २५ लाख ३३ हजार ८५५ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ६४ हजार ९४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ९९ हजार ७०२ जना, मेक्सिकोमा ५० हजार ५१७, बेलायतमा ४६ हजार ५११ जना र भारतमा ४२ हजार ५७८ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा संक्रमित हुनेको संख्या ५० लाख ९५ हजार ५२४ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २९ लाख ६७ हजार ६४ जना, भारतमा २० लाख ८६ हजार ८६४ जना, रसियामा ८ लाख ७७ हजार १३५ जना र दक्षिण अफ्रिकामा ५ लाख ४५ हजार ६९० जनामा संक्रमण देखिएको छ ।
हालसम्ममा अमेरिकामा २६ लाख १६ हजार ९६३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २० लाख ६८ हजार ३९४ जना, भारतमा १४ लाख २७ हजार ६६९, रसियामा ६ लाख ८३ हजार ५९२ र दक्षिण अफ्रिकामा ३ लाख ९४ हजार ७५९ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या १५ हजार ८ सय १४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७० जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्