काठमाडौँ, २४ साउन । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ३ सय २८ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा जुलाई महिनामा केबल १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए ।
यसको अर्थ अमेरिकामा एक महिनाको अन्तरालमा ३० लाख कम रोजगारी सिर्जना भएको छ ।










प्रतिक्रिया दिनुहोस्