काठमाडौँ, २४ साउन । थप ३७८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ५६ जना, ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् ।
यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।
रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ४९९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ३ सय १३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्