समाचार

जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



भक्तपुर, २५ साउन । भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

सो दुर्घटनापछि फरार रहेका जीप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।