काठमाडौँ, २५ साउन । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पार्टी फुटाउन कसरि सकिन्छ ? भनेर सल्लाह गर्न पत्रकार सम्मेलन तिर लाग्नुभो भने जनता र कार्यकर्ताले कहिले माफ गर्ने नगर्ने बताउँदै डा. बाबुराम भट्टराईको जस्तै हविगत छिट्टै हुने चेतावनी दिनुभएको छ ।
साम, दाम, दण्डभेद प्रयोग गरी कुनै पनि विकल्प नलागे पछि अन्तिम अस्त्रको रुपमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध देशी विदेशी तत्वहरुको योजनामा राजिनामाको माग गरी मुलुकको भविष्यमाथि अन्धकार बनाउने कुचेष्ठा नगर्न समेत उहाँले चेतावनी दिनुभएको छ ।
पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठले केही दिन अघि प्रधानमन्त्री विरुद्ध इरिटेड हुने गरी समाचार संम्प्रेसण गर्न आफु निकटका पत्रकारलाई निर्देशन दिनुभएको थियो । सोही प्रशंगलाई लक्षीत गर्दै उहाँले नेतागण समयमै रिस राग इगो थाति राखेर सच्चिनु सबै त्यसमै देश जनता पार्टी र आम नेपाल र नेपालीको कल्याण हुने अन्यथा परिणाम जे पनि हुन सक्ने चेतनावनी समेत दिनुभयो ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘नेता कमरेडहरु छलफल गर्नुस् । पत्रकार सम्मेलन गर्नुस पार्टी फुटाउनका लागि होईन, एसिड पिडित नेपाली चेलीहरुलाई कसरी राहत दिने रु कसरी औषधीउपचार गर्ने कसरी गर्ने ? समाजमा उहाँहरुलाई स्थापीत कसरी गर्ने ? भनेर पत्रकार सममेलन गर्नुस् । नावालक नावालीकाहरुलाई बालगृहमा होइन, राज्यले अभिभावकत्व कसरी लिने ? भनेर पत्रकार सम्मेलन गर्नुस् । बुढा असाहाय बा आमालाई राज्यले जिम्मा कसरी लिन सकिन्छ ? र राज्यले उहाँहरुको दायित्व लिनुपर्छ भनेर नेताहरु सल्लाह गर्नुस् । महिला हिंसा कसरी अन्त्य गर्न सकिन्छ ? भनेर सल्लाह गर्नुस् । कोरोनाको महामारिबाट रोजगारि खोसिएका गरिब निमुखा दाजुभाई दिदिबहिनीहरुलाई कसरि रोजिरोटिको बन्दोबस्त गर्न सकिन्छ रु भनेर तर कृपया पार्टी फुटाउन कसरी सकिन्छ रु भनेर सल्लाह गर्न थाल्नुभो र त्यसको लागि पत्रकार सम्मेलन तिर लाग्नुभो भने जनता र कार्यकर्ताले कहिले माफ गर्ने छैनन् र बाबुरामको हविगत छिट्टै नहोला भन्न सकिन्न है नेतागण । समयमै रिस राग इगो थाति राखेर सच्चिनुस सबै त्यसमै देश जनता पार्टी र हामीसबैको कल्याण हुनेछ अन्यथा परिणाम जे पनि हुन सक्छ चेतना भया ।’










प्रतिक्रिया दिनुहोस्