एजेन्सी, २५ साउन । कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ ।
एकै दिन ८४१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ५४३ पुगेको हो । पछिल्लो २४ घण्टामा ४६ हजार ३०५ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३० लाख १३ हजार ३६९ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ९४ हजार २९३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १८ हजार ५३३ जनाको उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्