अर्थ

सुनको मूल्य घट्यो चाँदी मूल्य बढ्यो



काठमाडौँ, २७  साउन । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ भने चाँदीको ४० रुपैयाँले बढेको छ  ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ११ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी मूल्य भने बढेर प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।