एजेन्सी, २८ साउन । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको वल्डोमिटर्सले जनाएको छ ।
कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१६ देशमा फैलिएको छ ।
अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ ।
अझै २३ लाख ८१ हजार ६८८ जनामा सक्रिय संक्रमण रहेको छ भने उनीहरुमध्ये १७ हजार ३९९ को अवस्था गम्मीर छ । संक्रमित २७ लाख ५५ हजार ८७ जनाले कोरोना जितेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।
संक्रमित २२ लाख ४३ हजार १२४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । ७ लाख ७७ हजार १७० जनामा सक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १६ हजार ६ सय ६४ जना निको भएर घर फर्किएको छ भने मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्