सुर्खेत, २९ साउन । सुर्खेतमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडानम्बर-१३ का २२ र २५ वर्षका दुईजना महिला, ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष रहेका छन् ।
एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०५२ पुगेको छ ।
प्रदेशमा हालसम्म १९०१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको भने मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्