सुनसरी, ३२ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ मा एक जना युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी अनुसार गत बिहीबारदेखि हराइरहेका नरसिंह ७ बस्ने २२ वर्षका गुणराज यादवको शव शव बिहान ८ बजे भोक्राहा नरसिहं ५ झोलुंगे पुल नजिक खोलामा प्लास्टिकको बोरामा बाँधेर पानीमा राखेको अवस्थामा फेला परेको हो ।
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर लुकाउन खोजेजस्तो देखिने भएकोले हत्या आशंकामा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्