Banner News

महिना दिनपछि नेकपा सचिवालय बैठक बस्दै



काठमाडौँ, ३२ साउन । सत्तारूढ नेकपाको सचिवालय बैठक बस्ने भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए ।

पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने उनीहरूको तर्क थियो ।

साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानउन्मुख बन्दै गएको नेताहरूको दाबी छ ।