विश्व

ब्राजिलमा एकै दिन २२ हजार को रोना संक्रमित थपिए



काठमाडौँ, १ भदौ । ब्राजिलमा कोरोना संक्रमित एकै दिन २२ हजार थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २२ हजार ३६५ जना संक्रमित थपिएका हुन् । यो सँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ३३ लाख ४० हजार १९७ पुगेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १ लाख ७ हजार ८७९ पुगेको छ । ब्राजिलमा २४ लाख ३२ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९९ हजार ८६२ जनाको उपचार भइरहेको छ ।