समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, ३ भदौ । थप ६८१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२२ नमुना परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंमा १३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना छन् ।

यस्तै पर्साका १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, सल्यानका १७, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुरका १२/१२ जना र जुम्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३/३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १२० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ७ सय रहेको छ भने मृत्यु हुनेको संख्या १२० जना पुगेको छ ।