समाचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो



काठमाडौँ, ४ भदौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, मकवानपुर र सप्तरीका १/१ जना र पर्साका ३ जना गरी आज ६ जनाको मृत्यु भएको हो ।