राजनीति

वरिष्ठ नेता नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण



काठमाडौँ, ६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो । पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।