Banner News

थप ६३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३१ हजार नाग्यो



काठमाडौँ, ६ भदौ । थप ६३४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ६३४जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १३६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार ३ सय ५० जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४६ जना पुगेको छ ।