समाचार

आज उपत्यकाका यी स्थानमा विद्युत् कटौती हुने



काठमाडौँ, ७ भदौ । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारीका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।