काठमाडौँ, ७ भदौ । नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ ।
नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्ना बैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको विषयमा दुई पक्षबीच छलफल भएको मन्त्रालयका सहसचिव पे्रम कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, सिलगुढी-झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा रुपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइन विस्तारको विस्तृत सम्भाव्यता अध्ययन र चुनौतीबारे बैठक केन्द्रित थियो ।










प्रतिक्रिया दिनुहोस्