अर्थ

घट्यो सुनचाँदी मूल्य



काठमाडौँ, ७ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।