Banner News

थप ८१८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३१ हजार ९ सय नाग्यो



काठमाडौँ, ७ भदौ । थप ८१८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ८१८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २८१ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार ६ सय ३१ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ ।