समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, ७ भदौ । थप ८१८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  काठमाडौँ उपत्यकामा मात्र २६६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौँमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् ।

यस्तै पर्सामा १३९ जना संक्रमित थपिएका छन् । सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०, रुपन्देहीका २८, काभ्रेका २७, अछामका २३, सिराहाका १४, अर्घाखाँचीका १२, कपिलवस्तु र बाँकेका ११/११ जना र झापाका १० जना संक्रमित भएका छन् ।

सुनसरी र रौतहटका ९/९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६/६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४/४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २/२ जना र धादिङ, मकवानपुर, रसुवा, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज २८१ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार ६ सय ३१ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ ।